फिदिम नगरपालिकामा कांग्रेस र माओवादीका उम्मेदवारले बाजी मारे
शंकर चापागाईँ, पाँचथर । पाँचथरको फिदिम नगरपालिकाको मेयरमा गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका मित्रप्रसाद काफ्ले विजयी भएका छन् । काफ्लेले निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेद्वार पृथ्वी लावतीलाई ५७५ मत अन्तरले पराजित गर्दै मेयरमा विजयी भएका हुन । काफ्लेले ९८५५ मत प्राप्त गरे भने लावतीले ९२८० मत प्राप्त गरेका छन् ।
यसैगरी उपमेयर पदमा नेकपा माओवादी केन्द्रका राधाकृष्ण न्यौपाने निर्वाचित भएका छन् । निकटतम प्रतिस्पर्धी राप्रपाका जगत थापा मगरलाई ३४०२ मत अन्तरले पराजित गर्दै न्यौपाने उमेयर पदमा विजयी बनेका हुन् ।

न्यौपानेले ९०३६ मत प्राप्त गर्दा थापाले ५६३४ मत प्राप्त गरेका छन् । न्यौपाने विसं २०७४ सालको स्थानीय तहको निर्वाचनमा माओवादी केन्द्रबाट मेयरको पदमा पराजित भएका थिए ।
जिल्लामा कांग्रेस, माओवादी केन्द्र र एकिकृत समाजबादीले गठवन्धन गरी एकातर्फ रहेका थिए भने एमालेले राप्रपा र जनता समाजवादी पार्टी अर्कोतर्फ चुनावी तालमेल गरी चुनावी मैदानमा उत्रिएका थिए ।
ताजा अपडेट
-
राहुल गान्धी पक्राउ
-
प्रदेश सरकारको सत्ता साझेदारीका विषयमा कांग्रेससँग पनि छलफल भइरहेको छ : प्रचण्ड
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा


प्रतिक्रिया