सुवेदीविरुद्ध रेनुले लिइन् साढे २ हजारभन्दा बढीको अग्रता

काठमाडौं । भरतपुर महानगरपालिकाको मेयर माओवादी केन्द्रकी रेनु दाहालले लिएको अग्रता फराकिलो बन्दै गएको छ । उनले एमालेका विजय सुवेदीमाथि २५२९ मतले अघि बढेकी छिन् ।
रेनुले १२७२९ मत ल्याएकी छिन् भने निकतम् प्रतिद्धन्द्धी सुवेदीले १०२०० मत ल्याएका छन् ।
यस्तै, स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ५४८१ मत ल्याएका छन् । पौडेल कांग्रेसका बागी उम्मेदवार हुन् ।
यसैगरी, रेनु माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी छोरी हुन् ।
सुरुमा सुवेदी र रेनुबीच झिनो अन्तरले अग्रता फेरबदल भइरहेको थियो । अहिले भने रेनु अगाडि बढ्दै गएकी हुन् ।
ताजा अपडेट
-
काठमाडौं उपत्यकासहित विभिन्न क्षेत्रमा वर्षा
-
प्रदूषणजन्य विपद् जोखिम न्यूनीकरणसम्बन्धी कार्ययोजनाको मस्यौदा तयार
-
बिपी राजमार्गको काभ्रे खण्डमा एक महिनाका लागि राति यातायात सञ्चालनमा रोक
-
स्पेन भ्रमण सकेर स्वदेश फर्किए प्रधानमन्त्री ओली
-
शुक्लाफाँटामा दुर्लभ सुनौलो तोप चराको गणना सुरु
प्रतिक्रिया