बालेनले लिए स्थापितमाथि साढे १० हजारभन्दा बढी मतको अग्रता
काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरमा बालेन शाहले अग्रता झौ बढाउँदै लगेका छन् ।
स्वतन्त्र उम्मेदवार बालेन दोस्रो स्थानका एमालेका केशव स्थापितभन्दा हाबी हुँदै गएका छन् । बालेन स्थापितभन्दा १०६९१ मतले अगाडि छन् । यो केहीबेरअघिको तुलनामा बढी अग्रता हो ।
बालेनले २१८१५ मत ल्याएका छन् भने स्थापितले १११२४ मत प्राप्त गरेका छन् ।
तेस्रो स्थानमा रहेकी कांग्रेसकी सिर्जना सिंहले १० हजारभन्दा बढी मत ल्याएकी छिन् ।
बालेनले सुरुवातीदेखि नै अग्रता बनाइरहेका छन् ।


प्रतिक्रिया