एउटा पालिका जितेपछि विवेकशीलले भन्यो- ‘हामी गौरवान्वित छौं’
काठमाडौं । स्थानीय तह निर्वाचनमा निराशाजनक परिणाम भोगेको विवेकशील साझा पार्टीले बारा जिल्लाको एक गाउँपालिकामा प्रमुख र उपप्रमुख पदमा जित हासिल गरेपछि गौरवान्वित भएको प्रतिक्रिया दिएको छ ।
पार्टीले सामाजिक सञ्जाल फेसबुकमा फेटा गाउँपालिकाको नेतृत्व गर्नु पाउनु पार्टीका लागि ऐतिहासिक अवसर भएको उल्लेख गरेको छ । विजयी भएका प्रमुख रुस्तम अन्सारी र उपप्रमुख निलम साहलाई बधाई एवं शुभकामना पनि पार्टीले दिएको छ ।
विवेकशीलले सोही गाउँपालिकाको वडाध्यक्षमा क्रमशः वडा नम्बर ३ र ६ मा प्रहलाद साह तेली र अमीर हमजा ठकुराई विजयी भएका छन् ।
पार्टीले लेखेको छ, ‘हाम्रै जिवनकालमा यो देश रुपान्तरणले गति लिन सकोस् हामीलाई साथ दिनुहुने सम्पुर्ण मतदाता,नेता ,सदस्य एवं शुभेच्छुकहरु प्रति अत्यन्तै आभारी छौं ।’
ताजा अपडेट
-
तोलामा १,९०० महँगियो सुन
-
फिफा विश्वकप २०२६ फाइनल : उपाधिका लागि आज स्पेन र अर्जेन्टिना भिड्दै
-
जलबिरेमा दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते
-
विश्वकप फुटबलको फाइनल एनटीभी प्लसबाट निःशुल्क प्रत्यक्ष प्रसारण हुने
-
एमाले सांसदलाई संसदीय भूमिका र प्रक्रियाबारे अध्यक्ष ओलीले प्रशिक्षण दिने


प्रतिक्रिया