NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ वैशाख ६ गते
दमक नगरपालिका

ओलीको वडामा गन्न बाँकी, यी २ वडाबीच हुँदैछ रोचक र निर्णायक भिडन्त

काठमाडौं । अध्यक्ष केपी शर्मा ओलीको गृहनगर झापाको दमक नगरपालिकाको मतगणना रोचक र निर्णायक मोडमा पुगेको छ । बुधबार अगाडि रहेको एमाले आज फेरि पछि परिरहेको छ ।

एमालेकी उम्मेदवार गीता अधिकारी राप्रपाका उम्मेदवार राम थापासँग लगातार पछि परिरहेकी हुन् ।

गठबन्धन दलहरूसँग मिलेर उम्मेदवारी दिएका थापाले एमालेकी उम्मेदवार अधिकारीलाई ८७० मतले पछि पारेका छन् ।

See the source image

अब वडा नम्बर ५ र ६ गन्न बाँकी छ । वडा नम्बर ५ अध्यक्ष ओली र एमालेकी उम्मेदवार अधिकारीको वडा हो । यसमा एमालेको पकड राम्रो छ । यसैले, यहाँ एमालेले राम्रो मत ल्याउने अनुमान गरिएको छ ।

त्यस्तै, वडा नम्बर ६ पनि राप्रपाका उम्मेदवार थापाको पकड क्षेत्र हो । यहाँ उनले बढी मत ल्याउने अनुमान गरिएको छ । यसर्थ, यी दुई वडाको मतगणना रोमाञ्चक र निर्णायक हुनेछन् ।

हालसम्म थापाले १४५७० मत ल्याएका छन् भने अधिकारीले १३७०० मत मात्र ल्याएकी छिन् । यी दुईबीच सुरुवातीदेखि नै एक–अर्कालाई उछिन्ने क्रम चलिरहेको छ । हालसम्म थापाले बढी पटक अग्रता लिएका छन् । अहिले पनि अग्रता लिएकाले उनको पल्ला भारी छ ।
यद्यपि, अब यिनै दुई वडाले उनीहरूको भाग्यको फैसला गर्ने निश्चित छ ।

उपमेयरमा पनि गठबन्धनको तर्फबाट कांग्रेसकी उम्मेदवार रेगिना भट्टराईले अग्रता लिएकी छिन् । उनले १३९३१ मत ल्याएकी छिन् ।

एमालेका उम्मेदवार अम्बिका खनालले भने १३५३६ मत ल्याएका छन् ।

ओलीको गृहनगर दमकमा बुधबार अघि रहेको एमाले आज फेरि पछि – NepalWatch

ताजा अपडेट

नेपालवाच विशेष