विजय उत्सव मनाइसकेपछि मत बराबर
महोत्तरी । बर्दिबास नगरपालिकाको वडा नम्बर ८ को अध्यक्ष पदका दुई उम्मेदवारको मत बराबर आएको छ ।
एउटा मतपेटिका गन्न बाँकी हुँदै विजयी घोषणा गरेर उत्सव मनाइसकेका नेकपा माओवादी केन्द्रका समसेर सिंह र नेकपा एमालेका रुद्रबहादुर किङगरिया मगरको मत ७६७ आएको हो ।
विजयी घोषणा गरिसकेपछि निर्वाचन कार्यालयले एउटा मतपेटिकाको मत गन्न बाँकी रहेको भेटिएपछि सहमतिमै उक्त मतपेटिकाको मत गणना गर्दा दुई उम्मेदवारले समान मत प्राप्त गरेका हुन् ।
विजयी घोषणा गर्दा वडाध्यक्षमा समसेरले ७५१ र मगरले ७४४ मत पाएका थिए ।
३१ वैशाखमा मतगणना गरेर अध्यक्ष निर्वाचित भएको घोषणा गरिएकाे थियाे तर बिहीबार नखोलिएको मतपेटिका भेटिए पछि मतगणना गरिएकाे थियाे ।
ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया