बालेनले लिए स्थापितमाथि साढे ११ हजारभन्दा बढीको अग्रता, भित्री क्षेत्रको गणना सुरु

काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरमा मतान्तरमा बालेन शाह धैरै अघि बढेका छन् ।
स्वतन्त्र उम्मेदवार बालेनले दोस्रो स्थानका एमालेका केशव स्थापित र तेस्रो स्थानकी गठबन्धनको तर्फबाट कांग्रेकी उम्मेदवार सिर्जना सिंहलाई धेरै पछि छोडेका छन् ।
बालेन स्थापितभन्दा ११५९७ मतको फराकिलो मतले अगाडि छन् । यो केहीबेरअघिको तुलनामा बढी अग्रता हो ।
बालेनले २४६३३ मत ल्याएका छन् भने स्थापितले १३०३७ मत प्राप्त गरेका छन् ।
तेस्रो स्थानमा रहेकी कांग्रेसकी सिर्जनाले १२२७२ मत ल्याएकी छिन् ।
काठमाडौंको बाहिरी क्षेत्रबाट सुरु भएको गणनामा बालेनले सुरुवातीदेखि नै भारी मतको अग्रता बनाइरहेका छन् । अब भने भित्री क्षेत्रको गणना सुरु भएको निर्वाचन आयोगले जनाएको छ ।
अहिले वडा नम्बर २७ (महाबौद्ध क्षेत्र)को मतगणना भइरहेको छ । नेवार बाहुल्य वस्तीमा गणना सुरु भएकाले अब बालेनको वास्तविक परीक्षा सुरु भएको केहीथरी विश्लेषकहरूको भनाइ छ ।
प्रतिक्रिया