नेपालले युगाण्डाविरुद्ध पहिलो जित निकाल्यो
काठमाडौं । चौंथो महिला टि–ट्वान्टी अन्तराष्ट्रियमा युगाण्डाविरुद्ध नेपालले पहिलो जित निकालेको छ ।
पाँच खेलको सिरिजअन्तर्गत सुरुवाती तीन खेल गुमाएर पाहुना टोली युगाण्डालाई उपाधि सुम्पिएको नेपालले आज चौथो खेलमा सान्त्वना जित निकालेको हो ।
नेपालले दिएको ९८ रनको सामान्य लक्ष्य युगाण्डाले पूरा गर्न सकेन । उसले निर्धारित १८ ओभर खेल्दै आठ विकेट गुमाएर ८२ रनमात्र बनाउन सक्यो ।
खेलकाे प्लेयर अफ दि म्याच भएकी हिरनमाई रोयले २ तथा कविता कुँवर, अस्मिना कर्माचार्य र कप्तान रुविना क्षेत्रीले समान १ विकेट लिएपछि नेपालको जित सुनिश्चित भएको हो ।
काठमाडौंको त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको नेपालले १७.५ ओभरमा सबै विकेट गुमाएर ९७ रन बनाएको थियो ।
नेपालका लागि ज्योति पाण्डेले सर्वाधिक १७ रन बनाइन् ।
यस्तै, विन्दू रावलले १६, सीता राना मगरले ११, कविता कुँवर, डोली भट्ट र अश्मिना कर्माचार्यले ६–६, अस्परी बेगम ४ तथा कप्तान रुबिना क्षेत्री तथा इन्दु वर्माले समान १-१ रनमा बनाए । कविता अविजित रहिन् ।
पानी परेर मैदान ओसिलो भएकाले खेल ढिलागरी सुरु भएको थियो । त्यसमा पनि खेल १८ ओभरमा घटाइएको थियो ।
ताजा अपडेट
-
भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन


प्रतिक्रिया