NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ८ गते

बालेनको अग्रता बढेको–बढै

काठमाडौं । बालेन शाहले काठमाडौं महानगरपालिकाको मेयरको मतान्तर बढाको–बढाइ लगेका छन् ।

स्वतन्त्र उम्मेदवार बालेनले दोस्रो स्थानका एमालेका केशव स्थापित र तेस्रो स्थानकी गठबन्धनको तर्फबाट कांग्रेकी उम्मेदवार सिर्जना सिंहलाई धेरै पछि छोडेका छन् ।

बालेन स्थापितभन्दा १३६६४ मतको फराकिलो मतले अगाडि छन् । यो केहीबेरअघिको तुलनामा झण्डै १०० बढी हो ।

बालेनले २९५८२ मत ल्याएका छन् भने स्थापितले १५९२१ मत प्राप्त गरेका छन् ।

तेस्रो स्थानमा रहेकी कांग्रेसकी सिर्जनाले १५०१० मत ल्याएकी छिन् ।

काठमाडौंको बाहिरी क्षेत्रबाट सुरु भएको गणनामा बालेनले सुरुवातीदेखि नै भारी मतको अग्रता बनाइरहेका छन् । बिहीबारदेखि थोरै कभित्री क्षेत्रको गणना सुरु भएको छ ।

नेवार बाहुल्य वस्तीमा गणना सुरु भएकाले अब बालेनको वास्तविक परीक्षा सुरु भएको केहीथरी विश्लेषकहरूको भनाइ छ । यद्यपि, ती क्षेत्रमा पनि बालेनलाई सन्तुलित मत आइरहेको जनाइएको छ ।

काठमाडौं महानगरका ३२ वडामध्ये हालसम्म १,२,३,४,५, ८, २८, ३० र ३२ वडामा मतगणना सकिइसकेको छ ।

ताजा अपडेट

नेपालवाच विशेष