कति छ सुवेदीविरुद्ध रेनुले लिएको अग्रता ?

काठमाडौं । भरतपुर महानगरपालिकाको मेयर माओवादी केन्द्रकी रेनु दाहालले लिएको अग्रता कायमै रहेको छ । उनले एमालेका विजय सुवेदीमाथि ३२०२ मतले अघि बढेकी छिन् ।
बिहीबार राति ३३१८ ले लिएको अग्रता केही घटेको हो ।
रेनुले २२५९६ ल्याएकी छिन् भने निकतम् प्रतिद्धन्द्धी सुवेदीले १९३९४ मत ल्याएका छन् ।
यस्तै, स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ८३७३ मत ल्याएका छन् । पौडेल कांग्रेसका बागी उम्मेदवार हुन् ।
यसैगरी, रेनु माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी छोरी हुन् ।
सुरुमा सुवेदी र रेनुबीच झिनो अन्तरले अग्रता फेरबदल भइरहेको थियो । अहिले भने रेनु अगाडि बढ्दै गएकी हुन् ।
प्रतिक्रिया