बालेनले ३० हजार मत कटाए, स्थापित र सिर्जना धैरै पछि
काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरको मतगणना जारी रहँदा बालेन शाहले ३० हजार मत कटाएका छन् ।
स्वतन्त्र उम्मेदवार बालेनले दोस्रो स्थानका एमालेका केशव स्थापित र तेस्रो स्थानकी गठबन्धनको तर्फबाट कांग्रेकी उम्मेदवार सिर्जना सिंहलाई धेरै पछि छोडेका छन् ।
बालेन स्थापितभन्दा १४५२१ मतको फराकिलो मतले अगाडि छन् ।
बालेनले ३०८५८ मत ल्याएका छन् भने स्थापितले १६३३७ मत प्राप्त गरेका छन् ।
तेस्रो स्थानमा रहेकी कांग्रेसकी सिर्जनाले १५९६० मत ल्याएकी छिन् ।
काठमाडौंको बाहिरी क्षेत्रबाट सुरु भएको गणनामा बालेनले सुरुवातीदेखि नै भारी मतको अग्रता बनाइरहेका छन् । बिहीबारदेखि थोरै भित्री क्षेत्रको गणना सुरु भएको छ ।
नेवार बाहुल्य वस्तीमा गणना सुरु भएकाले अब बालेनको वास्तविक परीक्षा सुरु भएको केहीथरी विश्लेषकहरूको भनाइ छ । यद्यपि, ती क्षेत्रमा पनि बालेनलाई सन्तुलित मत आइरहेको जनाइएको छ ।
काठमाडौं महानगरका ३२ वडामध्ये हालसम्म १,२,३,४,५, ८, २८, ३० र ३२ वडामा मतगणना सकिइसकेको छ ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया