NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ८ गते

अग्रता फराकिलो बनाउँदै रेनु, कसको कति मत ?

काठमाडौं । भरतपुर महानगरपालिकाको मेयर माओवादी केन्द्रकी रेनु दाहालले लिएको अग्रता थप फराकिलो बन्दै गएको छ । उनी एमालेका विजय सुवेदीमाथि झण्डै ५१३३ मतले अघि रहेकी छिन् ।

रेनुले २७४१२ मत ल्याएकी छिन् भने निकतम् प्रतिद्धन्द्धी सुवेदीले २२२७९ मत ल्याएका छन् ।

यस्तै, स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ९ हजारभन्दा बढी मत ल्याएका छन् । पौडेल कांग्रेसका बागी उम्मेदवार हुन् ।

यसैगरी, रेनु माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी छोरी हुन् ।

सुरुमा सुवेदी र रेनुबीच झिनो अन्तरले अग्रता फेरबदल भइरहेको थियो । अहिले भने रेनु अगाडि बढ्दै गएकी हुन् ।

भरतपुरमा ५ हजारले अघि लागिन् रेनु, के विजय पराजयतर्फ अघि बढेकै हुन् ? – NepalWatch