वडा नम्बर ११ को प्रारम्भिक नतिजामा सिर्जना अगाडि
काठमाडौं । काठमाडौं महानगरपालिकाकोे वडा नम्बर ११ को मतगणना सुरु भएको छ । त्रिपुरेश्वर आसपासको क्षेत्र रहेको यस ठाउँमा नेवार समूदायको बाहुल्यता छ ।
यहाँको प्रारम्भिक मतगणनामा कांग्रेसकी सिर्जना सिंह श्रेष्ठ अगाडि देखिएकी छिन् ।
हालसम्म १०० वटा मत गणना सकिएकोमा सिर्जनाले ४३ मत ल्याएकी छिन् भने दोस्रो स्थानमा स्वतन्त्र उम्मेदवार बालेन शाह छन् । उनले २२ मत ल्याएका छन् ।
यस्तै, एमालेका उम्मेदवार केशव स्थापित १७ मतका साथ तेस्रो स्थानमा छन् । अर्का स्वतन्त्र उम्मेदवार सुमन सायमीको ३ भोट मात्र आएको छ ।
काठमाडौंको मेयरका बालेन दोस्रो स्थानका स्थापितभन्दा १५४३५ मतले अघि छन् । सिर्जना पनि स्थापितभन्दा थोरै मतले पछि छिन् ।
ताजा अपडेट
-
बेनी-जोमसोम-कोरला सडकमा १ अर्बको क्षति, पुनर्निर्माण गर्न ४ अर्ब लाग्ने
-
नेपाली सेनाले ब्लास्टिङ गरेर चट्टान पन्छाएपछि खुल्यो उत्तरी नाका जोड्ने किमाथाङ्का सडक
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता


प्रतिक्रिया