नेपालले युगान्डालाई ३३ रनले पराजित गर्यो
काठमाडौं । महिला टी-२० अन्तर्राष्ट्रिय शृंखलाको पाँचौं तथा अन्तिम खेलमा नेपालले युगान्डालाई ३३ रनले पराजित गरेको छ । कीर्तिपुर मैदानमा भएको खेलमा नेपालले युगान्डालाई १२४ रनको लक्ष्य दिएको थियो । युगान्डा ६ विकेट गुमाएर ९० रनमै सीमित भएको छ ।
नेपालका लागि इन्दु बर्मा र सीता रानाले २/२ र अस्मिना कर्माचार्य र हिरन्मयी रोयले १/१ विकेट लिए । १२४ रनको लक्ष्य पछ्याउने क्रममा युगान्डाका लागि रिता मुसामलीले २६, केभिन अविनोले १५, साकिराह सदिकले १३ र जेनेट एम्बाबाजीले १० रन बनाए ।
नेपालका लागि ज्योति पाण्डे एक रनले अर्धशतक बनाउन चुकिन् । उनले ४९, कविता जोशीले १८, सिता रानामगरले १७, अप्सरी बेगमले ११ रन बनाए । अन्य ब्याटरले दोहोरो अंकमा रन पनि बनाउन सकेनन् ।
२० ओभरमा ६ विकेट गुमाउँदा नेपालका ४ खेलाडी रनआउट भए । रनआउट हुनेमा ४९ रन बनाउने ज्योती पाण्डे, ८ रन बनाउने अप्सरा बेगम र खाता नै नखोललेका कप्तान रुविना क्षेत्री र डोल्ली भट्ट छन् ।
पाँच खेलको सिरिजमा नेपालले लगातार तीन खेल हार्दा सिरिज गुमाएको थियो । समग्रमा नेपाल ३-२ ले पराजित भएको छ ।
ताजा अपडेट
-
राहुल गान्धी पक्राउ
-
प्रदेश सरकारको सत्ता साझेदारीका विषयमा कांग्रेससँग पनि छलफल भइरहेको छ : प्रचण्ड
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा


प्रतिक्रिया