NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ३ गते

इटहरी उपमहानगरपालिकाको मेयर कांग्रेस र उपमेयर एमालेको पोल्टामा

काठमाडौं । इटहरी उपमहानगरपालिकाको मेयरमा नेपाली कांग्रेस र उपमेयरमा एमालेको पल्लाभारी भएको छ ।

मेयरमा नेकपा एमालेका यामकुमार चुङ्गवाङलाई पराजित गर्दै कांग्रेसका हेमकर्ण पौडेल निर्वाचित भएका हुन् ।

पौडेलले ३३०४९ मतका साथ जित दर्ता गराउँदा उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका यामकुमार २८०३१ मतमा रोकिए ।

राप्रपाका आकाश हाङ्ग लिम्बू ३९०८ मतका साथ तेस्रो स्थानमा खुम्चिएका छन् ।

उपमेयरमा भने एमालेको पोल्टामा परेको छ । एकीकृत समाजवादीका केशवकुमार विष्टलाई पराजित गर्दै एमालेकी संगीताकुमारी चौधरीले जित हासिल गरेकी हुन् ।

चौधरीले ३२४३६ मत ल्याउँदा विष्ट १८०३१ मतमा सीमित भइन् ।