NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २२ गते

तुलसीपुर उपमहानगनगरमा एमालेको अग्रता

दाङ । जिल्लाको तुलसीपुर उपमहानगरपालिकामा नेकपा (एमाले) का उम्मेदवार टीकाराम खड्का ८११ मतले अग्रता लिएका छन् । उनले हालसम्म १५ हजार ४०५ मत ल्याएका छन् भने उनका निकटतम् प्रतिस्पर्धी गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका गेहेन्द्र गिरीले १४ हजार ५९४ मत हासिल गरेका छन् ।

उपप्रमुखमा पनि एमालेको अग्रता छ । एमालेका तर्फबाट उपप्रमुखका उम्मेदवार स्यानी चौधरीले १४ हजार ६१५ मत प्राप्त गरेका छन् भने गठबन्धनको तर्फका उम्मेदवार नेकपा (एकीकृत समाजवादी) का जोगबहादुर रानाले १० हजार ८९२ मत प्राप्त गरेका छन् ।

यसैबीच वडा नं. ७ र ९ मा कांग्रेस विजयी भएको छ । वडा नं ७ मा कांग्रेसका रामबहादुर जिसी दुई हजार ४०५ मत प्राप्त गरेर विजयी भएका छन् भने उनका निकटतम् प्रतिद्वन्दी एमालेका डिल्लीराज भण्डारीले एक हजार ७९२ मत ल्याएका थिए ।