NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १७ गते

वडा नम्बर १२ : सिर्जना पहिलो, बालेन चौथो

काठमाडौं । काठमाडौं महानगरपालिको मेयरमा फराकिलो अन्तर बनाइरहेका स्वतन्त्र उम्मेदवार बालेन शाह वडा नम्बर १२ मा भने पछि परेका छन् ।

टेुक क्षेत्र रहेको यो वडामा १५१५ मतको गणना सकिँदा बालेन चौथोमा रहेका हुन् ।

यस वडामा हालसम्म कांग्रेसी उम्मेदवार सिर्जना सिंहले अग्रता लिइरहेकी छिन् । गठबन्धनबाट उठेकी उनले उनले ४५५ मत ल्याएकी छिन् ।

यस्तै, दोस्रो स्थानमा एमालेका केशव स्थापितले ३४३ मत ल्याएका छन् ।

वडा नम्बर १२ को तेस्रोमा स्थनमा अर्का स्वतन्त्र उम्मेदवार सुमन सायमी छन् । उनको चुनाव चिन्ह आँखीझ्यालमा २२१ मत आएको छ ।

लाैरो चुनाव चिन्ह भएका बालेनले २१८ मतमात्र ल्याएका छन् ।

काठमाडौं महानगर अपडेट : बालेन सिर्जनाभन्दा १७ हजार बढी मतले अघि – NepalWatch