मतगणना नसकिँदै पोखराको मेयरमा आचार्य विजयी
कास्की । पोखरा महानगरपालिकाको मेयरमा गठबन्धनका तर्फबाट उम्मेदवार धनराज आचार्य मतगणना नसकिँदै विजयी भएका छन् । गणना हुन बाँकी मतभन्दा बढीको अग्रता लिएपछि आचार्यको जित सुनिश्चित भएको हो ।
यो महानगरपालिकामा एक लाख ४३ हजार २२६ मत खसेकोमा एक लाख ३८ हजार २११ मतगणना सकिएको छ । त्यहाँ अब मात्रै ५ हजार १५ मतगणना बाँकी छ । जबकि, सत्ता गठबन्धनबाट प्रमुखका साझा उम्मेदवार नेकपा (.कीकृत समाजवादी) का धनराज आचार्यले पाँच हजार २८६ मतको अग्रता बनाइसकेका छन् ।
उनले गणना बाँकी रहेको मतभन्दा बढीको अग्रता बनाएपछि समर्थकहरूले विजयी खुसीयाली मनाउँदै विजयी जुलुसको तयारी गरेका छन् ।
हालसम्म प्रमुखका उम्मेदवार आचार्यले ५६ हजार ४७१ मत प्राप्त गरेकोमा उनका निकटतम् प्रत्यासी नेकपा (एमाले) का कृष्णबहादुर थापाले ५१ हजार १८५ मत ल्याएका छन् ।
यसैगरी उपप्रमुखमा एमालेका उम्मेदवार मञ्जुदेवी गुरुङले सत्ता गठबन्धनका उम्मेदवारलाई चार हजार ३५ मतान्तरले पछाडि पारेकी छन् । गुरुङ ५८ हजार ५८२ मतसहित विजय नजिक पुग्दा गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेसका कोपिला रानाभाटले ५४ हजार ५४७ मत हासिल गरेकी छन् ।
पोखरा महानगरपालिका वडा नं २२, ३२ र ३३ को आंशिक मतगणना गर्न बाँकी रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
ताजा अपडेट
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने


प्रतिक्रिया