एमाले पराजयको कारण बाहिरको शक्ति नभइ आन्तरिक अन्तर्घात

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले स्थानीय तह निर्वाचनमा पार्टीभित्रबाटै अन्तर्घात भएको निष्कर्ष निकालेको छ ।
सरकारको नीति तथा कार्यक्रम र स्थानीय तह निर्वाचनको परिणामबारे छलफल गर्न एमालेले बुधबार संसदीय दलको बैठक बोलाएको थियो । बैठकलाई सम्बोधन गर्दै संसदीय दलका नेता केपी शर्मा ओलीले गठबन्धन दलहरूको चौतर्फी घेराबन्दीको बाबजुद पनि पार्टीले राम्रो नतिजा निष्किएको बताएका थिए ।
महानरगरपालिकासहित महत्वपूर्ण पालिकामा पराजय भोग्नुमा पार्टी बाहिरको शक्ति नभइ पार्टीभित्रै अन्तर्घात भएको निष्कर्षमा उनी पुगेका छन् ।
‘चौतर्फी घेराबन्दी र षड्यन्त्रलाई पराजित गर्दै एमालेले राम्रो नतिजा ल्याएको छ । संख्याले हामी दोस्रोमा भए पनि जनमतले पहिलो शक्तिमै छौं’, ओलीको भनाइ उद्धित गर्दै सचिव पद्यमा अर्यालले नेपालवाचसँग भनिन्, ‘हामीले जित्न सक्ने महानगरसहित केही महत्वपूर्ण पालिकामा पार्टीले पराजय भोग्यो । हाम्रा उम्मेदवार पराजय हुनुमा बाहिका शक्ति नभइ पार्टीभित्रै अन्र्तघात भयो । यसबारे आगामी दिनमा गम्भीर समीक्षा हुन्छ ।’
बैठकले पार्टीभित्र अराजकता बढ्दै गएकोप्रति चिन्ता व्यक्त गरेको छ ।
बैठकले सरकारले राज्य शक्ति दुरूपयोग गरी एमालेका उम्मेदवारमाथि दमन गरेको, एमालेले जित्ने ठाउँमा धाँधली गरेको निष्कर्ष निकालेको छ । त्यस्तै बैठकले सरकारले ल्याएको नीति तथा कार्यक्रम झुट पुलिन्दा भएको बताउँदै यो जनतालाई भ्रम छर्न ल्याइएको कागजको खोस्टो भएको निष्कर्ष निकालेको छ ।
ताजा अपडेट
-
‘अति कम विकसित देशहरूले सहुलियतपूर्ण वित्तीय सहयोग चाहेका छन्’ : प्रधानमन्त्री ओली
-
कुलिङ पिरियडबारे सभामुखसँग सांसदहरूको छलफल
-
बाढीको जोखिमले राजमार्ग छेउ बस्न बाध्य वनहराका भूमिहीन परिवार
-
निजामती विधेयक अनधिकृत रूपमा परिवर्तन गरिनु संसद्प्रति अपमान हो : डा. शेखर कोइराला
-
वीरगञ्ज भन्सार : भारतबाट आयात चार खर्ब ३४ अर्ब, निर्यात ८७ अर्ब
प्रतिक्रिया