NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ४ गते

विश्वकप लिग टुका लागि राष्ट्रिय क्रिकेट टोलीको बिदाइ

काठमाडौं । अमेरिकामा आयोजना हुने आइसिसी पुरुष क्रिकेट विश्वकप लिग टु अन्तर्गतको त्रिदेशीय एकदिवसीय सिरिज खेल्न जाने नेपाली क्रिकेट टोलीको बिदाइ गरिएको छ ।

युवा तथा खेलकुदमन्त्री महेश्वर गहतराजले नेपाल क्रिकेट सङ्घ क्यानले शनिबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममार्फत बिदाइ गरे ।

नेपाली टोली आजै अमेरिका प्रस्थान गर्ने क्यानका अध्यक्ष चतुरबहादुर चन्दले जानकारी दिए । सिरिजमा नेपाल, अमेरिका र ओमानबीच प्रतिस्पर्धा हुनेछ ।

सन्दीप लामिछानेको कप्तानीमा १५ सदस्यीय नेपाली क्रिकेट टोली अमेरिकाको टेक्सस जान लागेको हो ।

ताजा अपडेट

नेपालवाच विशेष