NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २० गते

चुनाव नजिकिँदै लाग्दा गगनले भेटे एन्फा अध्यक्ष

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)को चुनाव नजिकिँदै गर्दा कांग्रेस महामन्त्री गगन थापाले अध्यक्ष कर्माछिरिङ शेर्पालाई भेटेका छन् ।

महामन्त्री थापाले एन्फा अध्यक्ष शेर्पासँग फुटबललाई चलायमान बनाउने विषयमा छलफल भएको बताएका छन् ।

‘एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पासँग नेपालमा फुटबलको विकासका सन्दर्भमा छलफल भयो । कोभिड महामारीमा पनि नेपाली फुटबललाई चलायमान बनाउन गरेको प्रयास र अप्ठ्यारोबारे बुझ्ने मौका मिल्यो,’ उनले फेसबुकमा लेखेका छन्, ‘राष्ट्रिय पहिचान र सद्भावलाई समेट्ने महत्वपूर्ण खेलमा राज्यको ध्यान र लगानी बढाउन मेरो पहकदमी रहनेछ र यस विषयमा हामी सँगै काम गर्ने छौं ।’

कांग्रेसनिकट शेर्पालाई महामन्त्री थापाले भेट्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

योपटक वर्तमान अध्यक्ष शेर्पा र वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्वाङ मैदानमा छन् ।

आगामी असार ६ मा चार वर्षे कार्यकालका लागि निर्वाचन हुँदैछ ।

नेपाल टिमोर लिस्टे यु–२३ सँगको हारबाट जोगियो – NepalWatch