NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २२ गते

यी दुई नेपाली खेलाडी जो नेपालविरुद्ध खेल्न बाध्य हुँदैछन्

काठमाडौं । आइसिसी विश्वकप क्रिकेट लिग २ का तयारीका लागि नेपाली राष्ट्रिय क्रिकेट टोली यतिबेला अमेरिकाका छ । त्यहाँ नेपालले सिरिजअघि दुई अभ्यास खेल खेल्दैछ ।

पहिलो खेल नेपालले बुधबार अल स्टार्सविरुद्ध खेल्दैछ । संयोग यस्तो परेको छ, अल स्टार्सबाट नेपालविरुद्ध नै दुई नेपाली खेलाडी वसन्त रेग्मी र पृथु बाँस्कोटा खेल्दैछन् ।

वसन्तले यस संयोगलाई जीवनमै नसोचिएको घटनाको रुपमा व्याख्या गरेका छन् ।

नेपाली क्रिकेट टोलीमा ‘क्राइसिस म्यान’का रुपमा चिनिएका वसन्त नेपालका लागि सबैभन्दा धेरै विकेट लिएका खेलाडी हुन् ।

यस्तै, पृथु कुनैबेला नेपाली यु–१९ टोली कप्तान तथा सिनियर टिका महत्वपूर्ण खेलाडी थिए ।

लिग २ का खेल जुन ९ देखि सुरु हुनेछन् । त्यसभन्दा अगाडि नेपालले जुन २ र ४ मा दुई अभ्यास खेल खेल्दै छ । पहिलो खेल नेपालले अल स्टार्सविरुद्ध छ । त्यही अल स्टार्सबाट नेपालविरुद्ध नै वसन्त र पृथुले खेल्दैछन्

सिरिजमा नेपालले अमेरिका र ओमानसँग दुई–दुई खेल खेल्नेछ ।

सिरिजअन्तर्गत नेपालले पहिलो खेलमा ओमानविरुद्ध खेल्नेछ । नेपाल र ओमानबीचको खेल जुन ९ मा हुनेछ ।

यस्तै नेपालले दोस्रो खेल अमेरिकाविरुद्ध जुन ११ मा खेल्नेछ । नेपालले तेस्रो खेलमा फेरि ओमानविरुद्ध जुन १४ र अन्तिम खेलमा अमेरिकाविरुद्ध जुन १५ मा खेल्ने तालिका रहेको छ ।

क्रिकेट खेल तालिका सार्वजनिक – NepalWatch

ताजा अपडेट

नेपालवाच विशेष