NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २१ गते

आफ्ना जर्सी सगरमाथाको चुचुराेमा पुर्याउनेलाई दिए पारस र ज्ञानेन्द्रले धन्यवाद

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तानद्वय पारस खड्का र ज्ञानेन्द्र मल्लले आफ्नो जर्सी विश्वको सर्वोच्च शिखर सगरमाथामा पुर्याइएकोमा आरोही फुरा छिरिङ शेर्पा र निग्मा टासी शेर्पालाई धन्यवाद दिएका छन् ।

पूर्वकप्तानद्वयले सामाजिक सञ्जालमार्फत धन्यवाद दिँदै यस सम्मानले आफूहरू कृतज्ञ रहेको बताएका छन् ।

आरोहीद्वय शेर्पाले पारस र ज्ञानेन्द्रलाई भेटेर जर्सी सगरमाथाको चुचुरोमा पुर्याउँदाको तस्बिरसमेत दिएका थिए ।

पूर्वकप्तानद्वयले ती तस्बिर र भिडियो सामाजिक सञ्जालमा सार्वजनिक गरेका छन् ।

नेपाली क्रिकेटमा पुर्राएको योगदानको कदर गर्दै आरोहीद्वयले पारस र ज्ञानेन्द्रको जर्सी हालैमात्र सगरमाथामा पुर्राएका हुन् ।

नेपाली क्रिकेटकै सफल रहेका पारसले अन्तराष्ट्रिय क्रिकेटबाट सन्यास घोषणा गरिसकेका छन् ।

ज्ञानेन्द्र भने पछिल्लो समय राष्ट्रिय टोलीबाट बाहिर रहँदै आएका छन् ।

यी दुई नेपाली खेलाडी जो नेपालविरुद्ध खेल्न बाध्य हुँदैछन् – NepalWatch

ताजा अपडेट

नेपालवाच विशेष