युएईविरुद्धको खेलमा नेपालमा ८ रनमा अलआउट
काठमाडौं । आईसीसी यू १९ टी २० विश्वकप एसिया छनोटमा नेपाली महिला टोली यूएईविरुद्ध ८ रनमा अलआउट भएको छ ।
मलेसियामा भएको खेलमा टस जितेर पहिला् ब्याटिङ गरेको नेपाल ८ ओभर १ बलमा जम्मा ८ रन बनाउँदै अलआउट भएको हो । नेपालका लागि स्नेहा महराले बनाएको ३ रन नै व्यक्तिगत उच्च रह्यो । कप्तान कृतिका मरासिनीसहित ६ खेलाडीले खातासमेत खोल्न सकेनन् ।
यूएईका लागि माहिका गौरले सर्वाधिक ५ विकेट लिइन् । यस्तै इन्धुजा नन्दकुमारले ३ विकेट लिइन् ।
शुक्रबार नेपालले कतारलाई ७९ रनले हराउँदै विजयी भएको थियो । यूएईले भने पहिलो खेलमा भुटानलाई १ सय ६० रनले हराएको थियो ।
विश्वकप छनोट खेलमा नेपाल, मलेसिया, युएई, थाइल्याण्ड, भुटान र कतार रहेका छन् ।
ताजा अपडेट
-
भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन


प्रतिक्रिया