रोहितको शतकमा नेपालको जित
काठमाडौं । कप्तानी गरिरहेका रोहितकुमार पौडेलले शतकीय पारी खेलेपछि नेपालले अमेरिकी क्लबविरुद्ध जित निकालेको छ ।
आइसिसी पुरुष क्रिकेट विश्वकप लिग २ अन्तर्गतको सिरिजका लागि अमेरिकामा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले अभ्यास खेल जित निकालेको छ ।
गएराति अमेरिकामा भएको खेलमा नेपालले टेक्ससको ह्युस्टन हरिकेन्सलाई २९ रनले हराएको हो ।
टस हारेर ब्याटिङ गरेको नेपालले ४९.१ ओभरमा अलआउट हुँदै २५० रन जोड्यो । नेपालको सम्मानजनक योगफलमा रोहितले १०१ रनको शतकीय पारी खेले ।
यस्तै आरिफ शेखले ४१, दीपेन्द्रसिंह ऐरीले २४, देव खनालले १९ सुनिल धमलाले १३ र करण केसी १२ रन बनाए ।
नेपालले दिएको २५१ रनको लक्ष्य पछ्याएको हरिकेन्स ४३ ओभर ३ ओभरमा अलआउट हुँदै २२१ रन जोड्न सक्यो ।
नेपालका सोमपाल कामीले ५, तथा किशोर महतो र सागर ढकालले २-२ विकेट लिए ।
यसअघि नेपालले नेपालका पूर्वखेलाडीहरू वसन्त रेग्मी र पृथु बाँस्कोटाको क्लब अल स्टार्ससँग अभ्यास खेलेको थियो । अल स्टार्ससँग नेपाल ४ विकेटको हारेको थियो ।
सिरिजमा नेपालले अमेरिका र ओमानसँग प्रतिस्पर्धा गर्नेछ ।
नेपाली क्रिकेट टोली अमेरिकाको अल स्टार्ससँग पराजित – NepalWatch
ताजा अपडेट
-
भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन


प्रतिक्रिया