जापानलाई हराउन ब्राजिललाई पेनाल्टीको सहारा
काठमाडौं । जापानलाई हराउन ब्राजिलले पेनाल्टीको सहारा लिनुपरेको छ ।
जापानको टोकियोमा भर्खरै सम्पन्न अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा प्राप्त पेनाल्टी सदुपयोग गर्दै नेइमारले ब्राजिललाई कठिन जित दिलाएका हुन् ।
फिफा वरीयतामा नम्बर १ मा रहेको ब्राजिलले जापानविरुद्ध ९० मिनेटको ओप प्लेमा गोल गर्न सकेन । अन्ततः ७७ औँ मिनेटमा पाएको एकमात्र पेनाल्टी गोल नै निर्णायक बन्यो ।
जापान भने फिफा वरीयताको २३ औँ स्थानमा छ ।
एसिया भ्रमणमा रहेको ब्राजिलले यसअघि दक्षिण कोरियाविरुद्ध ५–१ को सहज जित निकालेको थियो ।
दक्षिण कोरियाको पोस्टमा ब्राजिलका झण्डै आधा दर्जन गोल – NepalWatch
युद्धले दिएको चोटमा मल्हम लगाउने आशा जब एउटा आत्मघाती गोलले तोडिदियो – NepalWatch
ताजा अपडेट
-
प्रधानमन्त्री शाहले हस्तकला महासंघका प्रतिनिधिसँग छलफल गर्ने
-
पहिरोले आठ सडक प्रभावित, बिपी र कान्तिलोकपथमा राति सवारी चलाउन नपाइने
-
अण्डाको मूल्य बढ्दा पनि किसानले अझै पाएनन् लागत मूल्य
-
बागमती प्रदेश सरकारबाट बाहिरियो एमाले
-
बीपी स्मृति दिवसमा कांग्रेसद्वारा ‘ग्रिन रन’ आयोजना


प्रतिक्रिया