इन्डक्सन चुलो निशुल्क पाइने, यसरी दिनुहोस् निवेदन
काठमाडौं । वैकल्पिक उर्जा प्रवद्र्धन केन्द्रले निशुल्क विद्युतीय चुलो (इन्डक्सन)वितरणको लागि अनलाइन आवेदन माग गरेको छ ।
सरकारले बजेटमार्फत् घोषणा गरेको कार्यक्रम अनुसार निशुल्क रुपमा विद्युतीय चुलो वितरण गर्न आवेदन माग गरेको हो ।
कसले दिन पाउँछन् निवेदन ?
पहिलो चरणमा केन्द्रले काठमाडौंबाट बाहिरबाट आएर भाडामा बसी स्नातक र स्नातकोत्तर तह अध्ययन गर्ने लोपोन्मुख आदिवासी जनजाति तथा दलित वर्गका विद्यार्थीले पहिलो चरणमा पाउनेछन् । काठमाडौंबाहिरबाट आएर अध्ययन गर्ने आदिवासी जनजाति, मधेसी, मुस्लिम, दलित समुदायका विद्यार्थीले चुलो पाउनेछन् ।
यसको लागि केन्द्रको वेबसाइटमा फर्म भर्नुपर्नेछ । साथै सम्बन्धित शिक्षण संस्थापको सिफारिसपत्र, विद्यार्थी परिचयपत्र, नागरिकता प्रमाणपत्रको प्रतिलिपी, लोपान्मुख आदिवासी जनजाति तथा दलित वर्ग खुल्ने प्रमाणपत्र पेश गर्नुपर्नेछ । केन्द्रको वेबसाइट डब्ल्यूडब्ल्यूडब्ल्यू डट एइपिसी डट जिओभी डट एनपीबाट अनलाइन आवेदन सकिनेछ ।
बुधबारदेखि असारसम्म ९ सम्म आवेदन दिन सकिने केन्द्रले जनाएको छ । अरु समुदायका विद्यार्थी र प्लस टु अध्ययन गर्नेले भने यो सुविधा पाउने छैनन् ।
ताजा अपडेट
-
राति १० बजेपछि नारायणगढ–मुग्लिन सडकमा सवारी आवागमन बन्द
-
कोशी नदीमा पानीको बहाव बढ्दो क्रममा, ब्यारेजका ५२ ढोका खोल्ने तयारी
-
वित्तिय स्थायित्व, पुनरुत्थान र संरचनात्मक सुधारको सन्दर्भमा नेपाल राष्ट्र बैंकको मौद्रिक नीति २०८३/८४
-
तोलामा १,९०० महँगियो सुन
-
फिफा विश्वकप २०२६ फाइनल : उपाधिका लागि आज स्पेन र अर्जेन्टिना भिड्दै


प्रतिक्रिया