NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २६ गते

एर्लिङ हालान्ड म्यानचेस्टर सिटीमा

काठमाडौं । इंग्लिस प्रिमियर लिग क्लब म्यानसेन्टर सिटीले नर्वेजियन स्ट्राइकर एर्लिङ हालान्डलाई क्लबमा सार्वजनिक गरेको छ ।

जर्मन क्लब बोरुसिया डर्टमण्डबाट सिटीले २१ वर्षीय हालान्डलाई ५१ मिलियन पाउन्डमा पाँच वर्षका लागि अनुबन्ध गरेको हो ।
उनले डर्टमण्डका लागि ८८ खेलमा ८५ गोल गरेका थिए ।

सर्जियो अगुइरोले क्लब छोडेपछि सिटीले मुख्य स्ट्राइकर भित्र्याएको थिएन । तर रियल म्याड्रिड, बायर्न म्युनिख, बार्सिलोना जस्ता क्लबको प्रयासलाई पनि पछि पार्दै सिटीले उनलाई क्लबमा भित्र्याएको हो ।

पछिल्ला पाँच इपिएलमध्ये सिटीले चारवटा जितेको छ । तर अहिलेसम्म च्याम्पियन्स लिग जित्न सकेको छैन । यसैले सिटीले राम्रा स्कोरर हालान्डको आगमनमा च्याम्पियन्स लिग जित्नुलाई मुख्य सपना बनाएको छ ।

क्लबले उनलाई भित्र्याउँदै उनले उत्कृष्ट प्रदर्शन गर्ने र यसका लागि समय पनि भएको जनाएको छ । पेप ग्वार्डिओलासँग मिलेर खेल्दा हालाण्ड झनै उत्कृष्ट हुने क्लबको भनाई छ । उनको प्रदर्शनबाट क्लब, समर्थन र सबैले उत्तिकै आनन्द लिने पनि क्लबको भनाई छ ।

हालान्डले पनि आफूलाई गोल र उपाधिको भोक रहेको बताए । धेरैभन्दा धेरै जित्ने महत्वकांक्षमा आफू सिटी आएको र पेपको प्रशिक्षणमा खेल्न आफू उत्सुक रहेको पनि बताएका छन् ।

हालान्डको जन्म पनि बेलायतको लिड्समा भएको थियो । हालान्ड उच्च गतिमा दौडिने र निरन्तर गोल गर्ने खेलाडीको रुपमा परिचित छन् ।