इण्डोनेसियासँग नेपालको फराकिलो हार
काठमाडौं । नेपालले एएफसी एसियन कप छनोटअन्तर्गत तेस्रो चरणको अन्तिम खेलमा लज्जास्पद हार बेहोरेको छ ।
गएराति कुवेतमा भएको खेलमा इण्डोनेसियाविरुद्ध मैदानमा उत्रिएको नेपाल ७–० को फराकिलो गोल अन्तरमा पराजित भएको हो ।
इण्डोनेसियाले खेलको छैटौं मिनेटमा गोलको पहिलो खाता खोलेको थियो । त्यसपछि ४३ औं, ५४ औं, ५५ औं, ८० औं र ८१ औं मिनेटमा इण्डोनेसियाले नेपाली पोस्ट्मा लगातार गोलको वर्षा गरिरह्यो ।
लगातार गोल खाएर शिथिल नेपालमाथि खेलको इन्जुरी समयमा मार्सेलिनो फेर्डिनानले अर्को गोल गर्दै इण्डोनेसियालाई ७–० को जित निकाल्न योगदान गरे ।
गएराति सम्पन्न खेलमा नेपाल १० खेलाडीमा सीमित हुन पुगेको थियो । डिफेन्डर सुमन अर्याल दोहोरो पहेँलो कार्ड पाएर आउट भएपछि नेपाल १० खेलाडीमा खुम्चिन पुगेको थियो ।
एएफसी एसियन कप छनोटमा नेपालको सम्भावना यसअघि नै समाप्त भइसके पनि उसले अन्तिम प्रतिस्पर्धा गरेको थियो । योसँगै समूह ‘ए’ मा रहेको नेपालको यात्रा अंकविहीन अवस्थामा नै टुंगिएको छ ।
नेपालले एएफसी छनोटअन्तर्गत तीन खेल खेल्यो । जसअन्तर्गत जोर्डनसँग २–० र कुवेतसँग ४–१ गोल अन्तरमा पराजित भएको थियो ।
ताजा अपडेट
-
नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो
-
सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती
-
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
-
दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन
-
दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल


प्रतिक्रिया