इण्डोनेसियासँग नेपालको फराकिलो हार

काठमाडौं । नेपालले एएफसी एसियन कप छनोटअन्तर्गत तेस्रो चरणको अन्तिम खेलमा लज्जास्पद हार बेहोरेको छ ।
गएराति कुवेतमा भएको खेलमा इण्डोनेसियाविरुद्ध मैदानमा उत्रिएको नेपाल ७–० को फराकिलो गोल अन्तरमा पराजित भएको हो ।
इण्डोनेसियाले खेलको छैटौं मिनेटमा गोलको पहिलो खाता खोलेको थियो । त्यसपछि ४३ औं, ५४ औं, ५५ औं, ८० औं र ८१ औं मिनेटमा इण्डोनेसियाले नेपाली पोस्ट्मा लगातार गोलको वर्षा गरिरह्यो ।
लगातार गोल खाएर शिथिल नेपालमाथि खेलको इन्जुरी समयमा मार्सेलिनो फेर्डिनानले अर्को गोल गर्दै इण्डोनेसियालाई ७–० को जित निकाल्न योगदान गरे ।
गएराति सम्पन्न खेलमा नेपाल १० खेलाडीमा सीमित हुन पुगेको थियो । डिफेन्डर सुमन अर्याल दोहोरो पहेँलो कार्ड पाएर आउट भएपछि नेपाल १० खेलाडीमा खुम्चिन पुगेको थियो ।
एएफसी एसियन कप छनोटमा नेपालको सम्भावना यसअघि नै समाप्त भइसके पनि उसले अन्तिम प्रतिस्पर्धा गरेको थियो । योसँगै समूह ‘ए’ मा रहेको नेपालको यात्रा अंकविहीन अवस्थामा नै टुंगिएको छ ।
नेपालले एएफसी छनोटअन्तर्गत तीन खेल खेल्यो । जसअन्तर्गत जोर्डनसँग २–० र कुवेतसँग ४–१ गोल अन्तरमा पराजित भएको थियो ।
ताजा अपडेट
-
सहकारीका बचतकर्ताको पौने चार अर्ब फिर्ता
-
प्रमुख प्रशासकीय अधिकृतसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
-
समयमै मल र बीउ पुर्याउने गरी कानुन बनाउन लागेका छौँ : कृषि मन्त्री अधिकारी
-
कर्णाली करिडोरलाई चीन र भारतसँगको व्यापारिक मार्गका रुपमा अघि बढाइन्छ : प्रधानमन्त्री ओली
-
शिक्षा विधेयकमा सहमति जुटाउन सरकारलाई पाँच दिनको समय
प्रतिक्रिया