विश्वकप लिग टु : अन्तिम खेलमा नेपाल अमेरिकासँग पराजित
काठमाडौं । अमेरिकाले नेपाललाई ३९ रनले हराएको छ । आईसीसी पुरुष क्रिकेट विश्वकप लिग टुअन्तर्गतको त्रिदेशीय सिरिजको अन्तिम खेलमा नेपाल अमेरिकासँग परास्त भएको हो ।
टस हारेर पहिले ब्याटिङ गरेको अमेरिकाले नेपाललाई २ सय ४६ रनको लक्ष्य दिएकोमा ४७ ओभर ४ बलमा अलआउट हुँदै २ सय ६ रनमा सीमित भयो ।
नेपालका लागि आरिफ शेखले ६३ रनको अर्धशतकीय इनिङ खेले । सोमपाल कामीले ४७, देव खनालले ३४, आसिफ शेखले १८, रोहित पौडेलले १६ र कुशल भुर्तेल १० रनको योगदान दिए । त्यसैगरी, दीपेन्द्र सिंह ऐरीले ७, आदील अन्सारीले ४,करण केसीले १ र कप्तान सन्दीप लामिछाने शून्य रनमै आउट भएका थिए ।
यसक्रममा अमेरिकाका अली खान र सौरभ नेत्राभाल्करले ३÷३ विकेट लिन सफल भए ।
अमेरिकाका लागि गजानन्द सिंहले ५८ र सुशान्त मोदानीले ५४ रनको अर्धशतकीय इनिङ खेले ।
त्यसैगरी, आरोन जोन्सले ४३, सैटिजा मुक्कामल्लले ३६, निसर्ग पटेल १८ र क्यामरुन स्टेभेनसनले १६ रनको योगदान दिए ।
नेपालका करण केसीले ३, सन्दीप लामिछानेले २ तथा सोमपाल कामी र दीपेन्द्र सिंह ऐरीले समान १÷१ विकेट लिए ।
ताजा अपडेट
-
नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो
-
सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती
-
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
-
दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन
-
दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल


प्रतिक्रिया