NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २५ गते

एसिसी महिला टी–२० क्रिकेटमा नेपालको फितलो प्रदर्शन

काठमाडौं । एसीसी महिला टी–२० च्याम्पियनसिपमा भुटानविरुद्ध प्रतिस्पर्धामा उत्रिएको नेपालको प्रदर्शन निकै फितलो देखिएको छ ।

पहिले टस जितेर ब्याटिङ गरेको नेपालले मात्रै ९४ रन बनाउन सकेको छ ।

नेपालका लागि काजल श्रेष्ठले सर्वाधिक २६ रन बनाइन् भने ईन्दु बर्माले २० र कप्तान रुविना क्षेत्रीले २१ रन मात्र जोड्न सके ।

यस क्रममा भुटानकी सोनम पाल्दोनले सर्बाधिक ४ तथा अञ्जु गुरुङ र तासी चेकीले समान १/१ विकेट लिए ।

९५ रनको लक्ष्य पाएको भुटानले अहिले व्याटिङ गरिरहेको छ ।