एसीसी च्याम्पियनसीपमा नेपालको विजयी सुरुवात

काठमाडौं । एसीसी महिला टी–२० च्याम्पियनसीपमा नेपालले विजयी सुरुवात गरेको छ । मलेसियामा भएको प्रतियाेगितामा नेपालले भुटानलाई ५० रनले पराजित गर्दै विजयी सुरुवात गरेको हो ।
नेपालले २० ओभरमा ९ विकेट गुमाउँदै भुटानलाई ९५ रनको लक्ष्य दिएको थियो । तर भुटानी टोली १७.५ ओभरमा ४४ रनमै समेटियो ।
भुटानलाई सस्तैमा समेट्न सवनम राईले चार, कविता कुवँर र सीता रानामगरले दुईदुई विकेट लिए ।
भुटानलाई ९५ रनको लक्ष्य दिंदा काजल श्रेष्ठले २६, रविना क्षेत्रीले २१ र इन्दु बर्माले २० रन बनाए । अरु नेपाली ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
भुटानका लागि छिरिङ जाङमोले सर्वाधिक १६ रन बनाइन् । अरु ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
भुटानका लागि सोनमले ४ विकेट लिइन् ।
च्याम्पियनसीपको ग्रुप बीमा नेपालसहित भुटान, कुवेत, हङकङ र बहराइन छन् । समूह ए मा मलेसिया, सिंगापुर, युएई, कतार र ओमान छन् ।
ताजा अपडेट
-
सहकारीका बचतकर्ताको पौने चार अर्ब फिर्ता
-
प्रमुख प्रशासकीय अधिकृतसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
-
समयमै मल र बीउ पुर्याउने गरी कानुन बनाउन लागेका छौँ : कृषि मन्त्री अधिकारी
-
कर्णाली करिडोरलाई चीन र भारतसँगको व्यापारिक मार्गका रुपमा अघि बढाइन्छ : प्रधानमन्त्री ओली
-
शिक्षा विधेयकमा सहमति जुटाउन सरकारलाई पाँच दिनको समय
प्रतिक्रिया