जिदानले छाने कतार विश्वकप जित्ने ३ दाबेदार टोली

काठमाडौं । कतारमा विश्वकप फुटबल सुरु हुन पाँच महिना बाँकी रहँदा दाबेदार राष्ट्रहरूबारे विभिन्न प्रतिक्रिया आइरहेका छन् ।
साविक विजेता फ्रान्स, ब्राजिल, इंग्ल्याण्ड, स्पेन र अर्जेन्टिनालाई अधिकांशले प्रमुख दाबेदारको रुपमा हेरिरहेका छन् ।
यसैबीच, विश्वकप विजेता जिनेदिन जिदानले पनि तीन दाबेदार टिम छनोट गरेका छन् । फ्रान्सलाई सन् १९९८ मा पहिलोपटक विश्वकप जिताउन महत्वपूर्ण योगदान दिएका जिदानले दाबेदार टिममा सबै युरोपियन टिम रोजेका छन् ।
हालै एक सञ्चारमाध्यमसँग अन्तर्वार्ता दिँदै उनले दुई बलिया दक्षिण अमेरिकी टोली ब्राजिल र अर्जेन्टिनाको नाम लिएनन् । उनले मुख्य दाबेदार टोलीमा आफ्नै देश फ्रान्स, बेल्जियम र पोर्चुगललाई राखेका छन् ।
फ्रान्ससँग अनुभवी र युवा खेलाडीको समीश्रण रहेको जिदानको भनाइ छ ।
‘केही गल्ती-कमजोरीका कारण फ्रान्सले पछिल्लो समयमा एक–दुई खेल गुमाएको छ । यसलाई सुधार गर्दै अघि बढेमा फ्रान्सले फेरि विश्वकप जित्न सक्छ,’ उनले भनेका छन् ।
त्यस्तै, बेल्जियम पनि अनुभव हासिल गरेको सन्तुलित टोली रहेकाले विश्वकपको प्रमुख दाबेदारमध्ये एक रहेको जिदानको दाबी छ ।
पोर्चुगलमा क्रिस्टियानो रोनाल्डो रहेको र युवा खेलाडीहरूको पनि राम्रो समीश्रण रहेकाले योपटक उसले विश्वकप जित्नसक्ने जिदानको निष्कर्ष छ ।
ब्राजिल र अर्जेन्टिनाले भने बढी दबावमा खेल्ने गरेकाले उनीहरूले ठूला खेल जित्न नसक्ने जिदानले स्पष्ट पारे ।
जिदानले विश्वका दुई सर्वोत्कृष्ट खेलाडी अर्जेन्टिनाका लियोनल मेसी र पोर्चुगलका रोनाल्डोले विश्वकप जितेका आफू खुसी हुने बताए ।
यद्यपि, उनले योपटक अर्जेन्टिनाभन्दा पोर्चुगलको सम्भावना बढी रहेको स्पष्ट पारे ।
ताजा अपडेट
-
बलात्कार प्रयास गर्नेको पक्षमा प्रहरी, न्याय नपाएपछि पीडितले त्यागिन् प्राण !
-
मौसममा तीन वायुको प्रभाव, ५ प्रदेशमा मध्यम र १ प्रदेशमा भारी वर्षा
-
आफ्नै कीर्तिमान तोड्ने धुनमा कामीरिता
-
मकवानपुरमा यात्रुवाहक बस दुर्घटना, १६ घाइते
-
कालीमाटीमा आज तरकारीको भाउ : महँगियो च्याउ, सस्तियो बन्दा
पोर्चुगल को सम्भावना छ यो पाली!💪💪🇵🇹🇵🇹
England ho yespali ko dabedar
Portugal,,