नेपाललाई जित्दै नजिती युएई फाइनलमा

काठमाडौं । एसिसी महिला टी–२० च्याम्पियनसीपको फाइनल प्रवेशका लागि भएको नेपालविरुद्धको खेल नजितीकन पनि युएई फाइनलमा प्रवेश गरेको छ ।
नेपालले युएईविरुद्ध जितका लागि युएईले ८२ रनको लक्ष्य दिएको थियो । १९.५ ओभरमा १० विकेट गुमाएर युएईले ८१ रन बनाएपछि नेपालले ८२ रनको लक्ष्य पाएको थियो ।
तर नेपालले लक्ष्य पछ्याउनुपर्ने खेल वर्षाले बिथोलिएपछि खेल पूरा नभई युएई फाइनलमा पुग्दा नेपाली टोली भने दुर्भाग्यपूर्ण रुपमा बाहिरियो ।
वर्षाको कारण स्थगित भएको मैदानमा आजै दोस्रो सेमिफाइनलमा हङकङ र मलेसिया भिड्दैछन् । साथै शनिबार नै फाइनल हुने भएकोले अर्को दिन खेलाउन नमिल्ने भएकैले नेपाल खेल्दै नेखेली आउट हुन पुग्यो ।
वर्षाले खेल रोकेपछि युएईलाई समूह एको विजेताको रुपमा फाइनलमा प्रवेश गराइएको हो । नेपाल भने समूह बीको उपविजेता टोली हो ।
अस्मिना कर्माचार्यले ३.५ ओभरमा १० रन दिएर ५ विकेट लिएकी थिइन् ।
इन्दु बर्माले ३ र सीता रानामगरले २ विकेट लिएर युएईलाई कम योगफलमा रोकेका थिए । तर मलेसियामा जारी प्रतियोगितालाई वर्षाले विथोलिदिंदा नेपाल दुर्भाग्यपूर्णरुपमा बाहिरिन पुग्यो । नेपाल याेपटक उपाधि जित्ने अभियानसहित मलेसिया पुगेकाे थियाे ।
ताजा अपडेट
-
महिला एसियन कप छनोट चरणबाटै बाहिरियो नेपाल,उज्बेकिस्तान एसियन कपमा छनोट
-
उपाधि जितेको क्रिकेट टोलीलाई प्रधानमन्त्री ओलीले दिए बधाई
-
पर्यटकीय केन्द्र बन्दै तनहुँको ‘तीनखोले मन्दिर’
-
नागरिक उन्मुक्ति पार्टीद्वारा सरकारलाई दिएको समर्थन फिर्ता
-
राजमार्ग अपडेटः विभिन्न जिल्लाका सातवटा सडक पूर्ण रूपमा अवरुद्ध
प्रतिक्रिया