२७ करोड पर्ने रोनाल्डोको कार दुर्घटनामा
पोर्चुगल तथा म्यानचेस्टर युनाइटेडका स्ट्राइकर क्रिस्टियानो रोनाल्डो महँगा कार संकलन गर्न खुबै मन पराउँछन् । रोनाल्डोसँग विश्वकै महँगा कारहरू छन् । यस्तै, करोडौँ मूल्य पर्ने कार दुर्घटनामा पर्दा त्यसका मालिकको अवस्था कस्तो होला ? सम्भवतः ती कार मालिकको होस् नै उड्नेछ । यसै साता रोनाल्डोले यस्तै सामना गरे ।
लगभग २७ करोड रुपैयाँ पर्ने रोनाल्डोको बुगाटी वेराना स्पेनिस सहर मार्लोकामा दुर्घटनाग्रस्त भयो । कार रोनाल्डोका निजी ड्राइभरले चलाएका थिए । तीव्र गतिमा हुइँकिएर आएको बुगाटी बेरोना एक घरको पर्खालमा ठोक्कियो । स्पेनिस मिडियाहरूले कारले आफ्नो नियन्त्रण गुमाउँदा दुर्घटनामा परेको जनाएका छन् ।
घरको मुख्य ढोकाअगाडि कार ठोकिएको एजेन्सीले उल्लेख गरेका छन् । कारको अगाडिको भाग पूरै ध्वस्त भएको छ । भाग्यवश कारचालकलाई केही भएन । विश्व खेलकुदमा रोनाल्डोलाई कार सौखिन भन्ने गरिन्छ ।
एक अर्ब २६ करोड रुपैयाँ मुख्य भएको बुगाटी कम्पनीकै एक कार रोनाल्डोसँग छ । यो कार विश्वका केही व्यक्तिसँग मात्र छन् । सन् २०२२ मा उनले यो कार किनेका थिए । यसको उच्चतम स्पिड भनेको प्रतिघन्टा दुई सय ३६ किमि रहेको छ । केवल २.४ सेकेन्डभित्र नै बुगाटी कारले ० देखि ६२ किमि स्पिड लिन्छ । रोनाल्डोले कुनै नयाँ कार किन्दा तत्कालै सामाजिक सञ्जालमा पोस्ट गर्छन् । नयाँ पत्रिकाबाट
ताजा अपडेट
-
नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो
-
सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती
-
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
-
दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन
-
दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल


प्रतिक्रिया