क्यानडा भ्रमण र लिग–२ का लागि क्रिकेट टोली घोषणा, अटेनन् यी तीन खेलाडी
काठमाडौं । क्यानडा भ्रमण र लिग–२ का लागि सन्दीप लामिछानेको कप्तानीमा १४ सदस्यीय नेपाली राष्ट्रिय क्रिकेट टोली घोषणा भएको छ ।
टोलीका अन्य सदस्यमा उपकप्तान रोहित पौडेल, कुशल भुर्तेल, विकेट किपर आसिफ शेख, देव खनाल, दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, करण केसी, सोमपाल कामी, आदिल अन्सारी, किशोर महतो, विनोद भण्डारी, बसिर अहमद र पवन शर्राफ छन् ।
योपटक नेपाल क्रिकेट संघ (क्यान)ले लिग–२ का लागि अमेरिका भ्रमण गरेको टोलीका तीनजना खेलाडीलाई समावेश गरेको छैन । जसमा सुनिल, सुशन र सागर छन् ।
नेपालले घरेलु टोली क्यानडासँग असार २० र २१ गते गरी दुईवटा एकदिवसीय शृंखला खेल्ने छ । नेपालले असार १७ ओन्टारियोसँग एकदिवसीय अभ्यास खेल खेल्नेछ ।
नेपालले आइसिसी लिग २ अन्तर्गत स्कटल्याण्डमा हुने शृंखलाअघि तयारीस्वरुप यी खेल खेल्न लागेको हो ।
नेपाली टोली असार १४ गते क्यानडा उड्ने छ ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया