अलराउण्डरको वरीयतामा दीपेन्द्र नवौं स्थानमा यथावत, को छ पहिलोमा ?
काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउण्डर दीपेन्द्रसिंह ऐरीको टि–ट्वान्टी अलराउण्डर वरीयता यथावत रहेको छ ।
अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसिसी)ले हालै सार्वजनिक गरेको नयाँ वरीयतामा उनको वरीयता यथावत रहेको हो ।
हालसम्मकै उच्च वरीयतामा रहेका दीपेन्द्र वरीयताको नवौं स्थान छन् । यसअघि पनि उनको स्थान यही नै थियो ।
ब्याटिङ वरीयतातर्फ नेपालकै कुशल भुर्तेल ३८ औं स्थानमा रहेका छन् ।
ब्याटिङ नै तर्फ दीपेन्द्र ४२ औं र आसिफ शेख ९८ औं स्थान छन् ।
बलिङ वरीयतामा नेपालका कप्तान सन्दीप लामिछाने ४० औं स्थानमा रहेका छन् भने अविनाश बोहरा ९३ औं स्थानमा झरेका छन् ।
अलराउण्ड वरीयताको पहिलो नम्बरमा अफगानिस्तानका मोहम्मद नाबी र दोस्रोमा बंगलादेशका सकिब उल असन छन् ।
यस्तै तेस्रोमा इंग्ल्याण्डका मोइन अली छन् ।
हेरौं सूची :


ताजा अपडेट
-
नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो
-
सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती
-
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
-
दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन
-
दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल


प्रतिक्रिया