NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २२ गते

विश्वकप लिग २ अघि नेपाल र क्यानडा भिड्दै

काठमाडौं । नेपालले आज क्यानडासँग एकदिवसीय क्रिकेट खेल्दैछ । विश्व लिग २ को खेल सिरिज अघि नेपालले आज क्यानडासँग खेल्न लागेको हो । नेपालले केही दिनमै स्कटल्याण्ड र नामिबियासँग लिग २ खेल्नेछ । आगामी जुलाई ११ देखि यो सिरिज हुनेछ ।

लिग २ एक दिवसीय क्रिकेटको छनोट प्रतियोगिता पनि हो । ३६ खेल खेल्दा शीर्ष तीनमा पर्न सके नेपालले सोझै विश्वकप खेल्न पाउनेछ । पुछारका दुई टोलीमा रहे नेपालको एकदिवसीय मान्यता जोखिममा पर्नेछ ।

१६ खेलमा सात जितसहित नेपालको १५ अंक भएको छ । ३६ खेलबाट ओमान ४४ अंकसहित पहिलो स्थानमा हुँदा नेपाल पाँचौ स्थानमा छ । यो सिरिजका चारवटा खेलबाट ८ अंक ल्याउन सके नेपालललाई धेरै फाइदा हुनेछ ।

नेपालले खेल्न लागेको स्कटल्याण्डले २० खेलबाट २८ अंक बटुलेको छ । नामिबिया भने १४ खेलबाट १४ अंक जोड्दा छैटौं स्थानमा छ ।
केही समय अघि भएको अमेरिका र ओमानसँगको सिरिजका चार खेलमा नेपालले तीन अंकमात्रै जोडेको थियो ।

नेपालले क्यानडाका स्थानीय क्लब ओन्टारियोविरुद्धका दुवै खेल अभ्यास खेल जितेको थियो ।