विश्वकप आउन पाँच महिना बाँकी छँदै १८ लाख टिकट बिक्री, यी हुन् बढी किन्ने १० राष्ट्र
काठमाडौं । यसै वर्ष कतारमा हुन गइरहेको विश्वकप फुटबलका लागि हालसम्म १८ लाख टिकट बिक्री भइसकेको विश्व फुटबल महासंघ (फिफा)ले जनाएको छ ।
अहिलेसम्म दुई चरणमा टिकट बिक्री भइसकेको छ । विश्वकप सुरु हुन पाँच महिना छँदै १८ लाख टिकट बिक्री भइसकेको हो ।
टिकट बिक्रीबाट उत्साहित भएको फिफाले जाडो महिनामा पहिलोपटक हुन लागेको यो विश्वकप सबैभन्दा विशेष हुने दाबी गरेको छ ।
अग्रिम बुकिङ खुला गरेदेखि नै विश्वभरमा दर्शकले विश्वकप हेर्ने टिकट खरिद गरेको र माग अझै बढिरहेको फिफाले जनाएको छ ।
दुई चरणमा धेरै टिकट बिक्री भएका १० राष्ट्र पनि फिफाले सार्वजनिक गरेको छ । जसमा छिमेकी राष्ट्र भारत पनि परेको छ ।
यस्तै, क्यानडा, आयोजक कतार, इंग्ल्याण्ड, फ्रान्स, जर्मनी, साउदी अरेबिया, स्पेन, युएई र अमेरिका बढी टिकट किन्ने शीर्ष १० मा परेका छन् ।
समूह चरणमा अर्जेन्टिनाका तीनवटै खेल र इंग्ल्याण्डविरुद्ध अमेरिकाको खेलको बढी टिकट बिक्री भइएको बताइएको छ ।
विश्वकप २१ नोभेम्बरदेखि सुरु हुँदैछ ।
यी उत्कृष्ट खेलाडी जो यो वर्ष विश्वकपको महासंग्राममा उत्रन पाउने छैनन्
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया