एन्फाको बैठक स्थगित

काठमाडौं । एन्फाका अध्यक्ष पंकजविक्रम नेम्वाङ बिरामी भएपछि अखिल नेपाल फुटबल संघ (एन्फा)को कार्यसमिति बैठक स्थगित भएको छ ।
आज डाकिएको बैठक अध्यक्ष नेम्वाङ बिरामी भएका कारण स्थगित गरिएको एन्फाले जनाएको छ ।
एन्फाले बोर्ड बैठकका लागि अर्को सूचना जारी गरिने एन्फाका महासचिव किरण राईले बताए ।
अध्यक्ष नेम्वाङलाई उच्च रक्तचाप र मुटुको समस्या देखिएको बताइएको छ ।
अहिले उनको उपचार ललितपुरको मेडीसिटी अस्पतालमा भइरहेको छ ।
प्रतिक्रिया