पूर्वयुवराज्ञी हिमानी अस्पताल भर्ना
काठमाडौं । पूर्वयुवराज्ञी हिमानी शाह अस्पताल भर्ना भएकी छिन् । ज्वरो र घाँटी दुख्ने समस्या आएपछि उनलाई बुधबार नख्खुस्थित मेडिसिटी अस्पतालमा भर्ना गरिएको हो ।
हिमानी ट्रष्टको कार्यक्रममा लागि हिमानी गत २४ साउनमा अष्ट्रेलिया गएकी थिइन् । सोही बेलादेखि उनलाई ज्वरो र घाँटी दुख्ने समस्या आएको बताइएको छ ।
अस्वस्थ भएपछि हिमानी निर्धारित तालिकाभन्दा दुई दिनअघि नै नेपाल फर्किइन् । त्यसपछि पनि स्वास्थ्यमा सुधार नभएपछि उनलाई बुधबार अस्पताल भर्ना गरिएको पूर्वराजा ज्ञानेन्द्र शाहको सचिवालयले जनाएको छ ।
ताजा अपडेट
-
राहुल गान्धी पक्राउ
-
प्रदेश सरकारको सत्ता साझेदारीका विषयमा कांग्रेससँग पनि छलफल भइरहेको छ : प्रचण्ड
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा


प्रतिक्रिया