अष्ट्रेलियाको बिबिएल ड्राफ्टमा सुवास खकुरेल क्यानडाको टोलीबाट कसरी परे ?
काठमाडौं । अष्ट्रेलियामा बिग बास लिगका लागि भएको ड्राफटमा नेपाली खेलाडी सुवास खकुरेलको पनि नाम आएको छ । तर उनको नाम नेपालबाट होइन क्यानडाबाट आएको हो ।
सामान्यतया अर्को देशको नागरिकता लिएपछि मात्रै फरक देशबाट क्रिकेट खेल्न पाइन्छ । तर अष्ट्रेलियाको यो क्रिकेट लिगको ड्राफ्टमा नेपालका कुनै समयका ओपनर खकुरेलको नाम क्यानडाबाट परेपछि धेरै आश्चर्यमा परेका छन् ।
तर उनले क्यानडाको नागरिकता दिएर उताबाट नाम नलेखाएको पाइएको छ । नेपाली क्रिकेट संस्था क्रिकेट एसोसियसन् अफ नेपालको छोटकरी रुप अंग्रेजीमा क्यान हुन्छ । तर क्यानलाई बिबिएलले क्यानडा बुझेर सोही देशको सूचीमा नाम समावेश गरेको पाइएको छ । क्यानडाबाट कैरव शर्माको पनि नाम छ ।
खकुरेल स्वयंमले पनि आफूले नेपालबाटै नाम दर्ता गराए पनि क्यानलाई क्यानडा बनाइएको बताएका छन् ।
बिग बासमा नेपालका सन्दीप लाछिानेले यस अघि खेल्दै आएका छन् ।
अघिल्लोपटक उनी होबर्ट हुरिकेन्समा आवद्ध थिए । सन्दीपको नाम पनि ड्राफ्टमा समावेश गरिएको छ । हुरिकेन्सले चाहे सन्दीपलाई रिटेन गर्न सक्नेछ ।
ताजा अपडेट
-
नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो
-
सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती
-
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
-
दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन
-
दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल


प्रतिक्रिया