NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २५ गते

अष्ट्रेलियाको बिबिएल ड्राफ्टमा सुवास खकुरेल क्यानडाको टोलीबाट कसरी परे ?

काठमाडौं । अष्ट्रेलियामा बिग बास लिगका लागि भएको ड्राफटमा नेपाली खेलाडी सुवास खकुरेलको पनि नाम आएको छ । तर उनको नाम नेपालबाट होइन क्यानडाबाट आएको हो ।

सामान्यतया अर्को देशको नागरिकता लिएपछि मात्रै फरक देशबाट क्रिकेट खेल्न पाइन्छ । तर अष्ट्रेलियाको यो क्रिकेट लिगको ड्राफ्टमा नेपालका कुनै समयका ओपनर खकुरेलको नाम क्यानडाबाट परेपछि धेरै आश्चर्यमा परेका छन् ।

तर उनले क्यानडाको नागरिकता दिएर उताबाट नाम नलेखाएको पाइएको छ । नेपाली क्रिकेट संस्था क्रिकेट एसोसियसन् अफ नेपालको छोटकरी रुप अंग्रेजीमा क्यान हुन्छ । तर क्यानलाई बिबिएलले क्यानडा बुझेर सोही देशको सूचीमा नाम समावेश गरेको पाइएको छ । क्यानडाबाट कैरव शर्माको पनि नाम छ ।

खकुरेल स्वयंमले पनि आफूले नेपालबाटै नाम दर्ता गराए पनि क्यानलाई क्यानडा बनाइएको बताएका छन् ।

बिग बासमा नेपालका सन्दीप लाछिानेले यस अघि खेल्दै आएका छन् ।

अघिल्लोपटक उनी होबर्ट हुरिकेन्समा आवद्ध थिए । सन्दीपको नाम पनि ड्राफ्टमा समावेश गरिएको छ । हुरिकेन्सले चाहे सन्दीपलाई रिटेन गर्न सक्नेछ ।