चार-पाँच दिनमै यसरी निको पार्न सकिन्छ डेंगू

पछिल्लो समय नेपालमा डेंगू प्रकोपको रुपमा फैलिरहेको छ । लामखुट्टेको टोकाइबाट हुने यस रोगबाट केही व्यक्तिको ज्यान गइसकेको छ । साथै, धेरै मानिस संक्रमित भइरहेका छन् ।
डेंगू कसरी थाहा पाउने ?
– उच्च ज्वरो आउनु
– टाउको, आँखाका गेडी, ढाड तथा हातखुट्टा निकै दुख्नु
– ज्वरोको औषधि खाँदा पनि ज्वरो आइरहनु
– वाकवाकी लाग्नु, मुख तितो हुनु
– नाक, मुख वा अन्य ठाउँबाट रगत आउनु
यी लक्षणमध्ये कुनै देखिएमा तुरुन्त आफ्नो चिकित्सकसंग जांच गराउने ।
परीक्षण विधि
– डेंगू एनएस वान, आइजिएममध्ये कुनै एक वा दुई पोजिटिभ देखिनु ( सुरुमा एनएस वान, बीचमा आजिएम तथा निको भएपछि आइजिजी पोजिटिभ देखिन्छ ) ।
– ब्लड सिबिसी परीक्षणमा डब्लूबिसी, प्लेटलेट्स घट्दै जान्छ । त्यसमा पनि खास गरेर प्लेटलेट्स घट्दै जान्छ र लिभर इन्जाइम बढ्न सक्छ ।
.
कहिले अस्पताल भर्ना हुने ?
– प्लेट्लेट्स ७० हजारभन्दा तल घटेमा
– शरीरको कुनै ठाउँबाट रगत आएमा
– खाना तथा पानी खान नसकेमा ÷ कम भएमा
– ज्वरो नियन्त्रण नभएमा
यी मध्ये कुनै १ भएमा तुरुन्त अस्पताल भर्ना हुनुपर्दछ ।
अपनाऔं यस्ता साबधानी
– ज्वरो तथा दुखाइको लागि पारासिटामोल ÷ एसिटामिनोफेन मात्र सेवन गर्ने । ब्रुफेन मिसिएको, निमुसेलाइड, एस्पिरिन लगायतका पेन किलर नखाने । यी औषधिले रगत पातलो बनाएर वा आन्द्रामा घाउ बनाएर रक्तश्राब हुनसक्छ ।
– रक्तश्राबजन्य डेंगू खतरनाक हुन्छ ।
– डेंगू सक सिन्ड्रोम खतरनाक हुन्छ ।
चिकित्सकले लेखेको औषधि ( लाक्षणिक ) नियमित सेवन गर्ने, पानी प्रशस्त पिउने, मेवा, किबी, अनार, जुनार, काँक्रो, पालुंगो र मेथीको साग तथा अन्य पोषिलो र झोलिलो खानेकुरा नियमित खाने , ज्वरो नियन्त्रणमा राख्ने, ४–५ दिनमा निको हुन्छ ।
(डा. रवीन्द्र पाण्डेले दिएको सल्लाहमा आधारित ।)
प्रतिक्रिया