राष्ट्रपति भण्डारीलाई कोरोना संक्रमण
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीलाई कोरोना संक्रमण पुष्टि भएको छ । अस्वस्थ भएपछि २२ असोजमा त्रिवि शिक्षण अस्पतालमा भर्ना गरेर उपचाररत भण्डारीलाई कोरोना संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ ।
अस्पतालका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट राष्ट्रपति भण्डारीको हिजो (आइतबार) रिपाेर्ट आएको हो ।
चिकित्सकहरुका अनुसार उनको स्वास्थ्यमा अहिले केही सुधार देखिएको छ ।


प्रतिक्रिया