NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १७ गते

पूर्वप्रधानमन्त्री नेपाल भोलि पूर्ण रुपमा स्वस्थ्य भई घर फर्कने

काठमाडाैं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालको स्वास्थ्य अवस्थामा सुधार देखिएको छ । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा उपचाररत रहेका नेता नेपालको स्वास्थ्यमा सुधार भएको उनको उपचारमा संलग्न डा सन्तकुमार दासले जानकारी दिएका छन् ।

उनका अनुसार नेता नेपालमा अहिले ज्वरो नरहेको, श्वासप्रश्वास गर्दा अक्सिजन लगाउन नपरेको र खाना राम्रैसँग खाइरहेका छन ।

डा दासका अनुसार भोलि पूर्ण रुपमा स्वस्थ्य भई नेता नेपाल घर फर्कनेछन्।

पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका नेता नेपालमा निमोनिया भएपछि यही पुस ५ गते अस्पताल भर्ना भएका थिए । नेता नेपाललाई अस्पतालका उपनिर्देशक डा दासको नेतृत्वमा रहेको चिकित्सकको टोलीले उपचार गरिरहेको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एकीकृत समाजवादी)का नेता झलनाथ खनाल अस्पताल पुगी नेता नेपालको स्वास्थ्यलाभको कामना गरेका थिए ।