अभिनेता सविन श्रेष्ठले मरणोपरान्त अंगदान गर्ने
काठमाडौं । अभिनेता सविन श्रेष्ठले मरणोपरान्त अंगदान गर्ने भएका छन्।
उनले मृत्युपछि मृगौला, मुटु, फोक्सो, कलेजो, प्यानक्रियाज, सानो आन्द्रा दान गर्ने भएका हुन् । बुधबार भक्तपुरको मानव अंग प्रत्यारोपण केन्द्र पुगेर उनले मरणोपरान्त अंगदान गर्ने मञ्जुरीनामामा हस्ताक्षर गरेका हुन्।
उनले सामाजिक सञ्जालमा उक्त कुराको जानकारी दिदै लेखेका छन्, ‘मानवको मृत्युपछि शरिर खरानी हुने हो,एकबार पाएको मानव जुनीबाट केहि त राम्रो काम गरु की भनेर मृत्यु पछि पनि कसैको काम त लागु यस कार्यबाट खुसी छु त्यही भएर घेरै लेखिन’
ताजा अपडेट
-
नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो
-
सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती
-
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
-
दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन
-
दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल


प्रतिक्रिया