प्राथमिक स्वास्थ्य केन्द्र अस्पतालमा रुपान्तरित

फिक्कल । इलामको सूर्योदय नगरपालिकाले फिक्कल प्राथमिक स्वास्थ्य केन्द्रलाई अस्पतालमा रुपान्तरण गरेको छ । स्वास्थ्य केन्द्रलाई स्तरोन्नति गर्दै नगरपालिकाले १५ शय्याको अस्पतालका लागि स्वीकृति दिएपछि बिहीबारदेखि सञ्चालनमा ल्याइएको हो ।
अस्पतालमा ३३ जनाको दरबन्दी रहने भएको छ ।स्वास्थ्य केन्द्रबाट अस्पतालमा रुपान्तरण भएपछि २४ घण्टै सेवा प्रबाह हुनेछ । यसअघि अस्पतालले स्वास्थ्य जाँच र आकस्मिक सेवा मात्र मात्रै दिँदै आएकामा बिरामी भर्ना गरी उपचार पनि गरिने भएको छ ।
नगर प्रमुख रणबहाुदर राईले उक्त अस्पताल शुभारम्भ गर्दै नगरपालिकाले दरबन्दी सिर्जना र सङ्गठनात्मक संरचनासमेत पारित गरिसकेको बताए । ‘आकस्मिक अवस्थामा र बिरामी हुँदा सूर्योदय तथा आसपासका क्षेत्रका बासिन्दा झापा जानुपर्ने बाध्यता केही हदसम्म कम हुनेछ’, उनले भने, ‘भौगोलिकरुपमा यस नगरपालिका दुर्गम भएपनि सबै वडामा जान सक्नेगरी बाटो निर्माण गरी केही दिनभित्र एम्बुलेन्स पनि अस्पताललाई हस्तान्तरण गरिनेछ ।’
उपप्रमुख दुर्गाकुमार बरालले स्वास्थ्य सेवा लिनका लागि नगरका विभिन्न क्षेत्रका बासिन्दालाई सहज हुने बताए । हाल प्राथमिक स्वास्थ्य केन्द्रको भवनमा बेडको व्यवस्था गरी अस्पताल सञ्चालन भइरहेको छ । निर्माण भइरहेको नयाँ भवनलाई समयमै सम्पन्न गराएर चाँडै नै सेवा प्रवाहमा सहज गराउने नगरपालिकाले जनाएको छ ।
ताजा अपडेट
-
असार २३ सम्म शिक्षा ऐन जारी नभए आन्दोलन गर्ने शिक्षक महासंघको चेतावनी
-
हिमतालको जोखिम घटाउन जिसिएफको पाँच अर्ब अनुदान
-
नेप्से परिसूचक २८ अंकले बढ्यो
-
नेपालको कृषि क्षेत्रमा प्रत्यक्ष वैदेशिक लगानीका लागि परराष्ट्र मन्त्रीको आग्रह
-
मनसुनका एक महिना : ६७४ घटना, ३१ जनाको मृत्यु, ११२ घाइते
प्रतिक्रिया