बुस्टर डोजका लागि माघमा १५ लाख मात्रा खाेप आउँदै

काठमाडौं । कोरोना भाइरसविरुद्धको अतिरिक्त मात्रा (बुस्टर डोज) का लागि खोप आउने भएको छ । ‘भ्याक्सिन र खोपको लागि ग्लोबल एलायन्स’ ‘गाभी’ले १५ लाख मात्रा खोप दिने भएको हो ।
स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखा खोप शाखाका प्रमुख सागर दाहालले एक महिनापछि आगामी माघ १९ गते सो परिमाणको खोप आउने भएको जानकारी दिए । यही पुस १४ गते सरकारले बुस्टर डोज खोपका लागि औपचारिक रुपमा ‘गाभी’लाई पत्र लेखेको थियो ।
कोरोना भाइरसको सङ्क्रमण बढिरहेको बेला सरकारले बुस्टर डोज खोप ल्याउने तयारी गरेको हो । उनका अनुसार अमेरिकाबाट गाभीले कोभ्याक्स सुविधामार्फत नेपाललाई खोप उपलब्ध गराउने छ ।
सरकारले कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएपछि बुस्टर डोज नलगाएका सबैलाई खोप लगाउन आग्रह गरेको छ । सरकारले बुस्टर डोजका लागि मात्र प्रयोग हुने फाइजर खोप ल्याउन लागेको हो ।
छिमेकीमूलुक भारत र चीनमा विएफ ७ प्रजातिको नयाँ भेरियन्ट फैलिन थालेपछि मन्त्रालयले बुस्टर खोप लगाउन छुटेका सबैलाई खोप लगाउन आग्रह गरेको छ । यस्तै मन्त्रालयले सङ्क्रमणबाट जोगिन अनिवार्य मास्क प्रयोग गर्न, भौतिक दूरी कायम गर्न, साबुन पानीले हात धुन वा सेनिटाइजर नियमित प्रयोग गर्न समेत आग्रह गरेको छ ।
ताजा अपडेट
-
आईपीएल : आरसीबीले पञ्जाबलाई दियो १९१ रन लक्ष्य
-
काठमाडौं महानगर प्रहरी प्रमुख पाण्डे निलम्बित, जोशीलाई नयाँ जिम्मेवारी
-
यातायात व्यवसायीको आन्दोलन फिर्ता, सार्वजनिक सवारी साधन चल्ने
-
विपद् व्यवस्थापनमा क्रियाशील हुन गृहमन्त्रीको निर्देशन
-
गण्डकीमा राइड सेयरिङ नियमावली एक महिनाका लागि स्थगित
प्रतिक्रिया