NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २२ गते

राष्ट्रपति पौडेलको मुटुमा पेसमेकर राखियो

 काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलको मुटुमा पेसमेकर राखिएको छ ।

महाराजगञ्जस्थित मनमोहन कार्डियो थोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा राष्ट्रपति पौडेलको मुटुमा शल्यक्रिया गरेर पेसमेकर राखिएको हो । उक्त अस्पतालले एक सूचना जारी गर्दै मुटुको चाल बेलाबखतमा कम हुने देखिएको भन्दै पेसमेकर राखिएको जनाएको छ ।

राष्टपति पौडेल जेठ २ गतेदेखि उपचाररत छन् । अस्पतालका अनुसार हाल उनको स्वास्थ्य अवस्था सामान्य छ ।