NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ जेठ २१ गते

चार हजार नाघ्यो डेङ्गी संक्रमित, सबैभन्दा धेरै सुनसरीमा

काठमाडौं । डेङ्गीका बिरामी चार हजार नाघेका छन् । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक रुद्रप्रसाद मरासिनीले लगातार परिरहेको पानीका कारण र सरसफाइमा ध्यान नदिँदा सङ्क्रमण दैनिक बढिरहेको बताए ।

उनका अनुसार चार हजार दुई सय ८९ जनामा डेङ्गीका बिरामी भएका छन् । महाशाखाका अनुसार असार ३० गते दुई हजार नौ सय ३० जनामा डेङ्गीको सङ्क्रमण भएको थियो । कोशी प्रदेशमा दुई हजार सात सय ५४, बागमती प्रदेशमा सात सय ७६, गण्डकी प्रदेशमा तीन सय ४४, सुदूरपश्चिम प्रदेशमा तीन सय १६, लुम्बिनी प्रदेशमा एक सय ६६, मधेस प्रदेशमा २२ जना र कर्णाली प्रदेशमा २० जनामा डेङ्गीका बिरामी रहेका छन् ।

डेङ्गी सङ्क्रमणले सबैभन्दा बढी १० जिल्ला प्रभावित भएका छन् । ती १० जिल्लामा मात्र तीन हजार छ सय ७१ बिरामी रहेका छन् । सुनसरी दुई हजार पाँच सय ४२, धादिङ चर सय एक, कास्की दुई सय पाँच, दार्चुला एक सय ९०, काठमाडौँ ८०, सङ्खुवासभा ६४, म्याग्दी ५४, कञ्चनपुर ५२, रुपन्देही ४५ र मोरङ ३८ बिरामी परेका छन् ।

डेङ्गी पानी जम्ने सफा ठाउँमा ‘एडिज एजिप्टी’ र ‘एडिस एल्बोपिक्टस’ प्रजातिको लामखुट्टेले फुल पार्दछ र ती फुलबाट लार्भा निस्कन्छ र त्यही लार्भा वयस्क भएर टोकेपछि डेङ्गी रोग लाग्दछ ।

महाशाखाले डेङ्गी सङ्क्रमण असारदेखि बढ्दै गई भदौ र असोज महिनामा उच्च हुने प्रक्षेपण गरेको छ ।

ताजा अपडेट

नेपालवाच विशेष